काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यसले उर्जा प्राप्त भएको बताए ।
‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन् ।
महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।
काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए ।
‘आदरणीय मतदाताज्यूहरुले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ फाल्गुन १६ गते
२०८२ फाल्गुन १६ गते
२०८२ फाल्गुन १६ गते