धुलिखेलको पिप्ले गाउँबासी नेपाली कांग्रेसमा प्रवेश

काभ्रेपलाञ्चोक/ धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित पिप्ले गाउँका अधिकांश नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Lahachhap

धुलिखेलमा आयोजित एक कार्यक्रममा पिप्लेका ज्ञानबहादुर तामाङ, अमिर तामाङ, विजय तामाङ, विक्रम तामाङ, पाल्साङ तामाङ, लोप्साङ तामाङ, निश्चल श्रेष्ठ, धनबहादुर तामाङ, माया तामाङ, कमला तामाङ, लक्ष्मीमाया तामाङ, सिर्जना श्रेष्ठ, माइली तामाङ, सन्तबहादुर तामाङ, काले तामाङ, सम्झना श्रेष्ठ लगायत नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेत लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशीहरुले जनताको सुखदुखमा सधैँ कांग्रेस नै अग्रसर भएकाले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको सदस्यता लिएको बताए ।

यसअघि शंखुपाटीचौरमा आयोजित कार्यक्रममा सोही गाउँका १५ जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments