काभ्रेपलाञ्चोक / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ मा गुणराज मुक्तानको पक्षमा चुनावी माहोल तातिएको छ । मुक्तानको चुनावी अभियानमा साथ दिन शिक्षाविद प्रोफेसर डा. विद्यानाथ कोईराला र नेपाल सरकारका पूर्वसचिव जनार्दन नेपाल काभ्रेको धुलिखेल आईपुगेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार मुक्तानलाई समर्थन गर्दै शिक्षाविद् कोइराला र पूर्वसचिव नेपाल धुलिखेल आइपुगेका छन् । उनीहरू दिनभर उम्मेदवार मुक्तानसँगै घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग भोट माग्न हिडेका थिए । चुनावी अभियानका क्रममा टोली धुलिखेल नगरपालिका वडा नं. ८, ९ र ११ मा पुगेको थियो ।
नेपाली कांग्रेस काभ्रेका निर्वाचन परिचालन समितिले आयोजना गरेको मतदाता भेटघाट तथा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै शिक्षाविद कोईरालाले नेपाली कांग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले रुख चिन्हमा मतदान गर्न धुलिखेलका मतदातालाई आह्वान गरे ।

‘नेपाली कांग्रेसलाई भोट दिनुस, किन भने यस्ले स्वतन्त्रताको कुरोकानी गर्छ, विपी कोईलाले भनेको सम्झनुस, व्यक्तिको सम्पतीको निम्ती कांग्रेसले वकालत गर्छ त्यो कुरा सम्झनुस र नेपाली कांग्रेसलाई भोट दिनुस ।’ काईरालाले भने ।
संविधानलाई ट्रयाकमा ल्याउनका लागि नेपाली कांग्रेसले जित्नुपर्ने पूर्वसचिव नेपालले बताए । समयको माग नै नेपाली कांग्रेस भएको र त्यसमाथी पनि स्वच्छ छवीका उम्मेदवार गुणराज मुक्तान भएकोले कांग्रेस विजयी हुनुपर्ने उनको भनाई छ ।
सो कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले काभ्रे क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फका उम्मेदवार गुणराज मुक्तानको जित सुनिश्चित भईसकेको बताए । मोक्तान युवा, शैक्षिक व्यक्तित्व र सक्षम उम्मेदवार भएकाले रुख चिन्हमा स्वस्तिक छाप लगाएर अत्यधिक मतले विजयी गराउन लामाले अह्वान गरे ।

उम्मेदवार मुक्तानले काभ्रे क्षेत्र नं. १ को समस्या सिंहदरवारसम्म पुर्याउन र सिंहदरवारको विकास काभ्रे ल्याउन लागिपर्ने बताए ।
त्यसरी नै नेपाली काङ्ग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाई, सचिव मादव ढकाल, क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक दिनेश लामा लगायतले काभ्रे क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार अब्बल रहेको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ फाल्गुन ७ गते