टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक युवाको ज्यान गयो, बनेपामा तनाव

काभ्रेपलाञ्चोक/अरनिको राजमार्ग खण्डमा पर्ने बनेपा बसपार्क आसपास बुधबार बिहान भएको सवारी दुर्घटनापछि अवस्था तनावपूर्ण बनेको छ। टिप्परको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका हुन्।

प्राप्त विवरणअनुसार बिहान करिब ८:१५ बजे चारदोबाटोबाट तीनदोबाटोतर्फ गइरहेको बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिप्परले सोही दिशामा चलिरहेको बागमती प्रदेश ०२–०६२ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर धुलिखेल नगरपालिका–४ खड्पुका ३१ वर्षीय अमन प्रधानको ज्यान गएको मृतकका आफन्तले जनाएका छन्।

घटनापछि शव अस्पतालतर्फ हतारमा पठाइएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्दै दुर्घटनामा संलग्न टिप्परमा तोडफोड तथा आगजनी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ।

दुर्घटनामा संलग्न टिप्पर चालक सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–६ निवासी करिब ३२ वर्षीय दीपक रोक्का जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

दुर्घटनामा संलग्न टिप्परले सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाअन्तर्गत साँगा–धुलिखेल खण्डका लागि निर्माण सामग्री बोकेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments