बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पार्वतीलाई

काभ्रेपलाञ्चोक / बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो ।

फागुन १ देखि ३ गतेसम्म पार्वती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित यो प्रतियोगितामा छात्रातर्फ आत्मा विकास माध्यमिक विद्यालय प्रथम हुँदा भूमिमाता माध्यमिक विद्यालय द्वितीय स्थानमा रह्यो । प्रतियोगितामा छात्रतर्फ कृष्णगोपाल मा.वि. र छात्रातर्फ पार्वती मा.वि तृतीय भए ।

प्रतियोगितामा गाउँपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयले एथलेटिक्स तथा भलिबलविधामा उत्साहजनक सहभागिता जनाएको खेलकुद शाखा प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा राना तिमल्सिनाले विजयी विद्यालय तथा खेलाडीहरूलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भगवान अधिकारीले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताल बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँने बताउँदै खेलकुदले अनुशासन, टिमवर्क, सहनशीलता र नेतृत्व क्षमता विकास जगाउने उल्लेख गर्नुभयो । उहाँले खेलकुद स्पर्धाले स्थानीय स्तरबाटै राष्ट्रिय स्तरसम्म पुग्ने प्रतिभाहरू उत्पादन गर्ने अवसर प्रदान भएकाले सहभागी विद्यालयका खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिनुभयो ।

Lahachhap

उपाध्यक्ष तारा राना तिमल्सिनाले मन्तव्य राख्दै भन्नुभयो, “सहभागितामा नै सफलताको आधार हुन्छ । यस प्रतियोगितामा देखिएको उत्साह र प्रतिस्पर्धाले हामीलाई गर्व महसुस गराएको छ । छात्रा तथा छात्र दुवै समूहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई छ । खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर हेर्नुपर्छ भन्ने मान्यतालाई यसले पुष्टि गरेको छ । भविष्यमा पनि यस्ता प्रतियोगितालाई थप व्यवस्थित र उत्साहजनक बनाउन गाउँपालिका प्रतिबद्ध छ । सबै खेलाडीहरूलाई जीवनमा पनि यही जाँगर कायम राख्न आग्रह गर्छु ।”

समापन कार्यक्रममा वडा अध्यक्षहरू पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, तथा पार्वती क्याम्पसका प्रमुख राजेश तिमल्सिन लगायतको उपस्थिति रहेको थियो । उनीहरूले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै खेलकुद विकासमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

यस वर्ष प्रतियागिताको व्यवस्थापन पार्वती माध्यमिक विद्यालयले गरेको थियो । कार्यक्रममा व्यवस्थापन समिति संयोजकका रुपमा पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द तिमल्सिनाले प्रतियोगिताले बेथानचोक गाउँपालिकामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै विद्यार्थीहरूमा अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरेको बताउनु भयो । उपाधि जस्ले जिते पनि समग्रमा सबै प्रतिस्पर्धिको प्रतिभाले निखारिने मौका पाएको बताउँदै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus