चिनौं उम्मेदवार

चुनावी अभियानमा पर्यटन व्यवसायी राजन थापा: आत्मनिर्भर काभ्रेपलाञ्चोकको संकल्प

काभ्रेपलाञ्चोक / प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवार, सफल पर्यटन व्यवसायी तथा समाजसेवी राजन थापाले आत्मनिर्भर, उत्पादनमुखी र अवसरयुक्त काभ्रेपलाञ्चोक निर्माणलाई मूल एजेन्डा बनाएर चुनावी अभियान तीव्र पारेका छन्।

घरदैलो भेटघाट, टोल–सभा र संवाद कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै थापाले सरल, सहज र सबैलाई समेट्ने राजनीति को आवश्यकता औँल्याएका छन्। उनका अनुसार देशले भोगिरहेका चुनौतीहरू समाधान गर्न टकराव होइन, सहकार्य र संवादमुखी राजनीतिक संस्कार अपरिहार्य छ।

अभियानका क्रममा थापाले रोजगारीको अभाव, कमजोर स्वास्थ्य सेवा र स्थानीय उत्पादनको बजार सुनिश्चितता लाई नेपालको प्रमुख समस्या बताए। “गाउँ–ठाउँमै रोजगारी सिर्जना गर्न सके युवाहरू विदेश जान बाध्य हुँदैनन्,” उनले भने, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति र स्थायी बजार सुनिश्चित गर्न सके अर्थतन्त्र बलियो हुन्छ।”

Lahachhap

पर्यटन व्यवसायमा लामो अनुभव बोकेका थापाले काभ्रेपलाञ्चोकका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक स्थल लाई व्यवस्थित र दिगो रूपमा विकास गर्न सके जिल्लालाई समृद्धिको केन्द्र बनाउन सकिने धारणा राखे। उनका अनुसार पर्यटनको दिगो विकासले रोजगारी, उद्यमशीलता र स्थानीय उत्पादन लाई एकैसाथ अघि बढाउने बलियो आधार तयार गर्छ।

समाजसेवाबाट राजनीतिमा आएका थापाले आफू शालीन, सरल र समाधानमुखी राजनीतिमा विश्वास गर्ने स्पष्ट पार्दै सबै वर्ग, समुदाय र पुस्तालाई समेटेर विकासको यात्रामा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए। काभ्रेपलाञ्चोक जिल्ला र क्षेत्र नं. २ लाई अवसरको केन्द्र बनाउने लक्ष्यसहित उनले जनतासँग मत माग्दै चुनावी मैदानमा उत्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments