एक थान पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौँ / प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा१९च ६९० नम्बरको कार चेकजाँच गर्दा ‘मेडइन युएसए’ लेखिएको पेस्तोल एक थान र गोली चार राउन्डसहित निजलाई आज प्रहरीले पक्राउ गरेको छ ।” उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments