काभ्रेपलान्चोक (खार्पाचोक) / सामान्यतया वैदेशिक रोजगारीमा गएका युवाहरू दशैँ-तिहार वा पारिवारिक गर्जो टार्न घर फर्किन्छन्। तर, रोशी गाउँपालिका वडा नं. ९ की मुकुमाया लामाको स्वदेश फिर्तीको कथा अलि फरक र प्रेरक छ।
विगत तीन वर्षदेखि जापानमा आफ्नो भविष्य बुनिरहेकी मुकुमाया बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन्। उनको हातमा कुनै महँगो जापानी उपहार होइन, बरु आफ्नो क्षेत्रको नेतृत्व परिवर्तन गर्ने एउटा बलियो एजेन्डा छ -‘आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ मा गुणराज मुक्तानलाई विजयी गराउने।’
विमानस्थलबाट सिधै चुनावी मोर्चामा
लामो हवाई यात्राको थकानलाई बिर्सेर मुकुमाया बिहीबार बिहानैदेखि रोशीमा नेपाली कांग्रेसले सञ्चालन गरेको चुनावी अभियानमा होमिएकी छन्।
उनी भन्छिन् ’कांग्रेसले यसपटक केवल उम्मेदवार मात्र उठाएको छैन, बरु बौद्धिक, शालीन र हामी जस्ता ‘जेन्जी’ (Gen Z) को भावना बुझ्ने एउटा सक्षम युवा नेतृत्व अघि सारेको छ। गुणराज दाइ जस्तो विज्ञ व्यक्ति संसदमा पुग्दा मात्र हामी जस्ता विदेशिएका युवाले स्वदेशमै अवसर पाउने ढोका खुल्छ।’
‘रेमिट्यान्स’ मात्र होइन, ‘भोट’ पनि देशकै लागि
मुकुमायाका अनुसार विदेशमा बस्ने नेपालीहरूले देशको राजनीतिलाई नजिकबाट नियालिरहेका छन्। उनले भनिन्, “पढ्न र कमाउन विदेश जानु हाम्रो बाध्यता बन्यो, तर देश सधैं यस्तै रहनु हुँदैन। सही नेतृत्व छान्न सकिएन भने हाम्रो भविष्य सधैं परदेशमै बित्नेछ। त्यही भएर ‘रुख’ चिन्हमा मतदान गर्न र गराउन म जापानबाट आएकी हुँ।”
को हुन् गुणराज मुक्तान?
मुकुमायाका अनुसार उनी त केवल एउटा सुरुवात मात्र हुन्। गुणराज मुक्तानको अभियानलाई साथ दिन विदेशबाट अन्य धेरै युवाहरू पनि नेपाल फर्कने क्रममा रहेको उनले जानकारी दिइन्। यसले के संकेत गर्छ भने, यस पटकको निर्वाचनमा प्रवासमा रहेका नेपालीहरूको ‘भ्वाइस’ र ‘च्वाइस’ ले निर्णायक भूमिका खेल्ने देखिन्छ।
मतदातासंग गुणराज मुक्तान



खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित