इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लवलाई

झापा/जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ ।

भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।

उपाधिसँगै भद्रपुरले नगद रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद रु तीन लाख प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिनुभयो ।

खेलको प्लेयर अफ द म्याच भुवन कार्कीले रु ११ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान भए ।

उनीहरुले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले रु ५१ हजार प्राप्त गरेको आयोजक क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो ।

विजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका पूर्वमन्त्री उद्धव थापा, कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, गोर्खा टि इण्डष्ट्रिज इलामका सञ्चालक उदय चापागाईं, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक क्लबका अध्यक्ष आदित्य पराजुलीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यही माघ २१ गतेदेखि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बटुल्दै सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष सुब्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments