काभ्रेपलान्चोक :

रोशी खोला नियन्त्रणका लागि १० करोड: गुणराज मुक्तानको विशेष पहल

आगामी बर्ष पनि यस्तै पीडा दोहोरिने चिन्तामा रहेका रोशी, नमोबुद्ध र तेमाल र बेथानचोक गाउँपालिका र पनौती नगरबासीको लागि बाग्मती प्रदेशको नीति तथा योजना आयोगका तत्कालिन सदस्य गुणराज मुक्तानले मल्हम लगाएका छन् ।

काभ्रेपलान्चोक / गतबर्ष असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछि रोशी खोला कोरिडोरमा धेरै धनजनको क्षति भयो । धरैले घर, खेतबारी गुमाए । आगामी बर्ष पनि यस्तै पीडा दोहोरिने चिन्तामा रहेका रोशी, नमोबुद्ध र तेमाल र बेथानचोक गाउँपालिका र पनौती नगरबासीको लागि बाग्मती प्रदेशको नीति तथा योजना आयोगका तत्कालिन सदस्य गुणराज मुक्तानले मल्हम लगाएका छन् ।

मुक्तानको पहलमा रोशी खोला नियन्त्रणका लागि आर्थिक बर्ष २०८२/८३ का लागि १० करोड बजेट बिनियोजन भएको हो । ‘प्रदेश सरकारले बाढी नियन्त्रणको लागि केही गरेन भन्ने धेरै गुनासो आएपछि यहाँको नागरिक भएको हिसाबले पनि हामीले केही गर्नैपथ्र्यो,’ प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका मुक्तानले भने, ‘म नीति तथा योजना आयोगमा सदस्य हुँदा विशेष अनुदानको लागि मन्त्रीपरिषद्बाट निर्णय गराएर संघीय सरकारबाट विशेष अनुदान राखेका हौं, पदमा हुँदा पनि नहुँदा पनि जनताको सेवामा सधै लाग्नेछु ।’

स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता हासिल गरेका मुक्तान बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर व्यवस्थित योजना निर्माण र काभ्रे जिल्लामा बजेट विनियोजनमा योगदान गरेका छन् ।

बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयका प्रवक्ता मेघराज अवस्थीका अनुसार, विशेष अनुदानको लागि लागि राष्ट्रिय योजना आयोगले सूचना निकालेको थियो । प्रदेशका मन्त्रालयले विभिन्न योजनाहरु सिफारिस गरेका हुन्छन् । प्रदेशको नीति तथा योजनाले ती योजनाको वर्गिकरणका साथै प्राथमिकताक्रम निर्धारण गर्छ । गुणराजले प्राथमिकता निर्धारणदेखि सबै बिषयमा भूमिका खेलेपछि बाग्मती प्रदेश सरकारले विशेष अनुदानको लागि निर्णय गरेर संघीय सरकारलाई सिफारिस गरेको थियो ।

प्रदेश सभा सदस्य, मन्त्री र मन्त्रालयले सिफारिस गरेका सबै योजना प्राथकिमतामा पर्दैनन् तर योजना आयोगका सदस्यका रुपमा गुणराजले खेलेको भूमिकाका आधारमा रोशी खोला नियन्त्रणमा १० करोड बजेट विशेष अनुदान प्राप्त भएको हो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख राजकुमार तण्डुकारले १० करोड बराबरको योजनाको लागत अनुमान गरेर योजना कार्यान्वयनको चरणमा रहेको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी जोखिम बेहोरिरहेका रोशीबासीको लागि उक्त योजनाले निकै राहत पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments