काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गर्नुभयो ।
प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास !, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो ! लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।
‘लोकतान्त्रिक शासन प्रणालीको आधार : जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित