तेमालका २४ जना युवा कांग्रेस प्रवेश

काभ्रेपलान्चोक / काभ्रेको तेमाल गाउपालिकाका २ दर्जन युवा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन्। तेमाल-८ ल्लोङसालमा आज २० जना युवा बिभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन।

वडा कार्यसमितिले आयोजना गरेको प्रतिनिधिसभा-१ का उम्मेदवार गुणराज मुक्तानसंगको भेटघाट तथा चुनाबी कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्।

Lahachhap

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नवप्रवेशीहरुलाइ टीका तथा खादा लगाई पार्टी प्रवेश गराएका छन्।

कांग्रेस प्रवेश गर्नेमा उमेश थपलिया, बिमल परियार ल, बेलिमाया तामाङ, सुरा सिं भोम्जन, मान बहादुर भोम्जन, बिचारी थोकर, बिर बहादुर थोकर, सलाम सिं भोम्जन, ठुली कान्छी तामाङ, ङेमा तामाङ, पदमकुमारी राय, रोहित तामाङ, हीरालाल थोकर, नानीराम शिबभक्ति, गौरी बानिया, काइलि तामाङ, गणेश खड्का, रामशरण शिबभक्ति लगायत छन्।

Lahachhap

त्यस्तै तेमाल-७ कुरुवासका युवासमेत नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रवेश गर्नेमा पन्चमाया तामाङ, यांग्सुम तामाङ, सरिता तामाङ, दुर्गा कुमारी ठकुरी समेत नेपाली कांग्रेस प्रवेश गरेको तेमाल कांग्रेसका सभापति ज्ञानबहादुर तामाङले बताए।

Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments