काभ्रे कांग्रेस वडा-वडामा सक्रिय, कार्यकर्ता र मतदातामा थपियो उत्साह, उम्मेदवारलाइ बाजागाजासहित स्वागत

काभ्रेपलान्चोक / आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा काभ्रे कांग्रेस उम्मेदवारसहित वडावडामा पुगेको छ।

कांग्रेसले पार्टीका तथा कार्यकर्ताको टोलिसहित आफ्ना उम्मेदवारलाइ लिएर गाउँवस्तीका कार्यकर्ता तथा मतदातासंग अन्तरक्रिया गरिरहेको छ।

अगुवा कार्यकर्ता र मतदाताबाट सल्लाह सुझाव संकलन गर्ने, आफ्ना नीतिसहितको प्रतिवद्दता व्यक्त गर्ने र गाउँ शहरका खास समस्या पहिचान गर्ने गरि उम्मेदवारहरु गाउँमै व्यस्त छन्।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाको नेतृत्वमा पार्टीको सिंगो संरचना जिल्लाभर चुनाबी अभियानमा सक्रिय बनेको छ।

सभापति लामाको नेतृत्वमा जिल्लामा १ हजार १ सदस्य रहेको निर्वाचन परिचालन मूल समिति सक्रिय छ। परिचालन चुस्त बनाउन प्रतिनिधिसभा १ र २ का छुट्टाछुट्टै समिति छ।

प्रतिनिधिसभा १ र २ का कांग्रेसी उम्मेदवार निर्वाचन परिचालन समितिका योजना अनुरुप आ-आफ्ना क्षेत्रमा होमिएका छन्। वडा-वडामा पुगेर मत मागिरहेका छन्।

काभ्रे प्रतिनिधिसभा-१ का उम्मेदवार गुणराज मोक्तानसहितको निर्वाचन परिचालन टोलिले खानीखोला, महाभारत र चौंरीदेउराली गाउँपालिकाका सबै वडामा भेटघाट तथा अन्तरक्रिया सकेको छ।

यसैगरी तेमाल गाउँपालिका वडा नं १, २, ३, ४ र ६ का वडा कार्यसमितिद्वारा आइतबार उम्मेदवारसंग कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

आज सोमबार बाँकि वडामा अन्तरक्रिया गर्ने तालिका रहेको प्रतिनिधिसभा १ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक दिनेश लामाले बताए।

उनका अनुसार तेमालपछि रोशी गाउँपालिका, नमोबुद्ध, धुलिखेल र पनौती नगरपालिकामा भेटघाट गरि अगुवा कार्यकर्ता तथा मतदातासंग संवाद गर्ने तालिका रहेको छ।

त्यस्तै, प्रतिनिधिसभा-२ का उम्मेदवार मधु आचार्यले मनोनयन दर्तादेखि नै कार्यकर्तासंग नियमित भेटघाट गरेका छन्। आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा पालिकास्तरका कार्यक्रम सकेर वडास्तरमा चुनाबी गतिबिधि तिब्र बनाएका छन्।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका आचार्य काभ्रे २ बाट २०७४ मा पराजित भएपनि यस पटक नेपाली कांग्रेस पार्टी रुपान्तरित भइ एक ढिक्का भएर चुनावमा होमिएकाले ढुक्कसंग चुनाब जित्ने बताउछन।

पछिलो समय पार्टीमा युवा आकर्षण बढेको र जनमत थपिएको विश्लेषणसहित उनि अहिले आफ्नो पक्षमा माहोल बनाउन बिहान झिसमिसेदेखि रातिसम्म वडाका मतदातासंग संबाद गरिरहेका छन्।

आचार्यले प्रत्यक्ष संबादमा उठाइएका युवादेखि अग्रजसम्मको भावना, बिधार्थीदेखि व्यवसायीसम्मका समस्यासहित आएका सुझावलाइ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। भेटघाटको क्रममा मतदाता हौसिएको उनको ठम्याई छ।

उम्मेदवारलाइ वडा तहमा पुर्याउदा आम मतदाता र कार्यकर्तामा उत्साह थपिएको नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा-२ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक महेश खरेल बताउछन।

खरेलका अनुसार पछिल्लो समय कांग्रेसको पक्षमा देशभर उत्साह थपिएको र जनमत बढेको छ। बनेपा, पाँचखाल, मण्डनदेउपुर, भुम्लु, बेथानचोक, धुलिखेल र पनौतीमा पालिका तहको कार्यक्रम सकेर अहिले वडाका गतिबिधि अगाडी बढेका छन्।

हालसम्म पाँचखालका अधिकांश वडाहरु, बेथानचोक र बनेपाका केहि वडाहरुमा मतदाता भेटघाट सकिएको छ। भेटघाट तथा अन्तरक्रियाका लागि गाउँ, वस्ती र वडामा पुग्दा कार्यकर्ता र मतदाताले बाक्लो उपस्थितिसहित स्वागत गरेको खरेलले बताए। यो उत्साहले हौशला मिलेर र जित्ने आधार बन्दै गएको उनको दाबी छ।

कार्यकर्ता तथा मतदाता भेटघाट उत्साहजनक भएको, पार्टी प्रवेशको लहर बढेको र गाउँगाउँमा पुग्दा स्थानीयले बाजागाजासहित आफ्नो समुदायको संस्कार अनुसारको सगुन र घडा राखेर स्वागत गरेको प्रदेश सभा १ (क) का सभापति राम योन्जनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn