नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव संकलन थालेका छन् ।

महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव आह्वान गरेका हुन् ।

‘आगामी पाँच वर्षका लागि काठमाडौं ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।

नेता पौडेलले सबै नागरिकले सुझाव दिन सक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिइरहेको बताए । यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ, उनले भने, यसपाली आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ ।


नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् । विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरुको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भैरहेको उनको सचिवालयले जनाएको छ ।


कांग्रेस महामन्त्री समेत रहेका नेता पौडेलले पार्टीको चुनावी घोषणापत्रका लागि समेत विषय विज्ञहरुबाट सुझाव संकलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments