क्षेत्र नं १ निर्वाचन परिचालन समिति संयोजकमा उपसभापति रमेशप्रसाद हुमागाईं, क्षेत्र नं २ निर्वाचन परिचालन समिति संयोजकमा उपसभापति ठाकुरप्रसाद न्यौपाने
काभ्रेपलाञ्चोक/नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्ला सभापति तीर्थ लामाको संयोजकत्त्वमा एक हजार १ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।
बनेपामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले सभापति लामाको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ परिचालन मुल समिति गठन गरेको हो । मूल समितिमा जिल्ला कार्यसमिति, प्रतिनिधि सभा, प्रदेश सभा कार्यसमिति, भातृ तथा शुभेच्छुक संगठनका पदाधिकारी एवं सदस्यहरु छन् ।
केन्द्रिय समितिको परिपत्र अनुसार बैठकले निर्वाचन व्यवस्थापनको लागि विभिन्न समिति गठन गरेको छ । क्षेत्र नं १ निर्वाचन परिचालन समिति संयोजकमा उपसभापति रमेशप्रसाद हुमागाई, क्षेत्र नं २ निर्वाचन परिचालन समिति संयोजकमा उपसभापति ठाकुरप्रसाद न्यौपाने, निर्वाचन व्यवस्थापन सचिवालय संयोजकमा सचिव माधव ढकाल, निर्वाचन प्रचार प्रसार मूल समितिको संयोजकमा सहसचिव समिर व्याञ्जु श्रेष्ठ, स्थानीय तह समन्वय समिति संयोजकमा सहसचिव रविन्द्रनाथ सिग्देल छन् ।
बौद्धिक क्षेत्र समन्वय समितिमा ठाकुर प्रसाद न्यौपाने, निजी क्षेत्र समन्वयमा जगन्नाथ गिरी, सामाजिक संघसंस्था समन्वयमा शान्ति लक्ष्मी श्रेष्ठ, धार्मिक संघसंस्था समन्वयमा अर्जुनप्रसाद सापकोटा, स्थानीय प्रशासन समन्वयमा रमेशप्रसाद हुमागाई, १८–३० बिशेष अभियानमा रोहिन पराजुली, पूर्व आप्रवासी समन्वयमा सन्त लामा र अनुगमन समिति संयोजकमा अच्यूत प्रसाद पौडेल संयोजक छन् । भातृ संस्था समन्वय र परिचालनका साथै सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक राम जोशीलाई तोकिएको छ ।
महिला समन्वयमा सनिता न्यौपाने बजगाई, श्रमिक क्षेत्र समन्वयमा सन्तोष गौतम, तरूण स्वंयमसेवक व्यवस्थापनमा कान्छा लामा, कृषि क्षेत्र समन्वय र परिचालनमा दिपेन्द्र पौडेल, शुभेच्छुक संस्था परिचालनमा प्रल्हाद थापा, मिडिया समन्वयमा बद्रिराज तिमल्सिना र सामाजिक सञ्जाल परिचालन, समन्वयमा अन्जनराज खतिवडालाई संयोजक तोकिएको छ । अनुशासन समिति संयोजकको जिम्मेवारी सहसचिव रविन्द्रनाथ सिग्देललाई दिइएको छ ।
समितिलाई तत्काल पूर्णता दिइ जिल्ला कार्यसमितिलाई जानकारी दिन निर्देशन दिएको जिल्ला सभापति लामाले बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित