राष्ट्रिय निकुञ्ज बफर जोनमा समावेशी शासन सुदृढ गर्ने साझा प्रतिबद्धता

चितवन/नेपालका राष्ट्रिय निकुञ्ज बफर जोनहरूमा समावेशी र न्यायपूर्ण शासन प्रणाली सुदृढ गर्ने उद्देश्यसहित चितवनमा दुईदिने समुदाय अभ्यास सम्पन्न भएको छ। कार्यक्रममा संरक्षणकर्मी, बफर जोन नेतृत्व, निकुञ्ज प्रशासन, स्थानीय सरकारका प्रतिनिधि, आदिवासी जनजाति, महिला, दलित तथा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले सहकर्मी–सहकर्मी सिकाइमार्फत समावेशी शासन र संरक्षणबारे साझा बुझाइ विकास गर्न सहयोग पुर्‍याएको सहभागीहरूले बताएका छन्। साथै संरक्षित तथा संरक्षण क्षेत्रहरूमा कार्यरत बहु–पक्षीय सरोकारवालाबीच आपसी विश्वास र दीर्घकालीन सहकार्यको प्रतिबद्धता समेत सुदृढ भएको छ।

समुदाय अभ्यासका क्रममा बफर जोन शासनसँग सम्बन्धित सकारात्मक अभ्यास, विद्यमान कमजोरी, चुनौतीहरू तथा कानुनी अवरोधहरूको पहिचान गरिएको थियो। SAGE मूल्यांकनबाट प्राप्त निष्कर्षहरूमाथि पनि समीक्षा गर्दै शासन र समावेशितालाई व्यवहारिक, स्थलस्तरीय कार्यान्वयनसँग जोड्ने उपायहरूमा छलफल गरिएको छ।

Lahachhap
Lahachhap
Lahachhap

कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा आदिवासी जनजाति, महिला, दलित तथा सीमान्तकृत समुदायको अधिकार, ज्ञान र जीविकोपार्जनमा आधारित समावेशी संरक्षणको साझा भविष्य परिकल्पना गरिएको छ। साथै सहभागी बफर जोनहरूले स्पष्ट कार्ययोजनासहित एक वर्षे कार्य योजना तयार गरी ठोस प्रतिबद्धता जनाएका छन्।

आगामी दिनमा सहभागीहरूले संयुक्त घोषणा पत्रमार्फत समावेशी र पारदर्शी निर्णय प्रक्रिया सुदृढ गर्ने, महिला, आदिवासी जनजाति, दलित तथा सीमान्तकृत समुदायको सहभागिता र प्रतिनिधित्व बढाउने तथा बफर जोन शासनमा नीतिगत समन्वय र न्यायपूर्ण लाभ बाँडफाँडका लागि वकालत गर्ने योजना अघि बढाउने छन्।

Lahachhap

रिकफ्ट नेपालले यस पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहजीकरण, प्राविधिक सहयोग, सिकाइ आदान–प्रदान र समन्वयमार्फत समुदाय–नेतृत्वको न्यायपूर्ण संरक्षणलाई अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments