माेरङ/ राष्ट्रिय सभामा कोशी प्रदेशबाट महिलातर्फ एमाले उम्मेदवार रोशनी मेचे र सोम पोर्तेल विजयी भएका छन्।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार महिलातर्फ मेचेले ७ हजार १ सय ७३ मतसहित जित हात पारेकीछिन्। उनको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २ सय ६८ मत हासिल गरिन्।
त्यसैगरी, दलितबाट नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भए। पोर्तेलले नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासलाई पराजित गरे। झापाका पोर्तेलले ७ हजार ४ सय २३ मत पाएर विजयी भए। उनको प्रतिद्धन्दी सुन्दासले २ हजार २७ मत प्राप्त गरे।
कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो। खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका १ सय १३, एमालेका १ सय ८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका समान एक र स्वतन्त्र २ जना रहेका छन्। प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित