काठमाडौँ / सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीलाकुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार महिला तर्फ ३ हजार ९८४ मत प्राप्त गरेर भण्डारी विजयी भएकी हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्यमा नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। उनले ३ हजार ९ सय ६९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत पाए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित