चिनौं उम्मेदवार

काभ्रेपलाञ्चोक–२ मा अब बहस होइन, परिणाम चाहियोः कम्प्युटर ई. ज्योत्सना सैँजु

काभ्रेपलाञ्चोक/ प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन्- कम्प्युटर ईन्जिनियर ज्योत्सना सैँजु । अब पुरानै शैलीको राजनीति होइन, काम गरेर देखाउने सक्षम नेतृत्वको आवश्यकता छ भन्ने स्पष्ट सन्देशसहित सूचना प्रविधि, पर्यटन र उद्यमशीलताको अग्रपङ्क्तिमा रहेकी कम्प्युटर सैँजु ‘चीम’ चुनाव चिन्हबाट उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी छन्।

शब्द होइन, सीप, अनुभव र परिणाम उनका परिचय हुन्। सफ्टवेयर कम्पनी नेक्सकोडर्सदेखि आइडी बैंकमा आईटी इञ्जिनियर, काभ्रे बहुमुखी क्याम्पस, चैतन्य क्याम्पस र काठमाडौं विश्वविद्यालय स्कूलमा शिक्षिकासम्मको यात्राले उनी कागजी नेता होइनन्, मैदानमा खारिएका नेतृत्व हुन् भन्ने प्रमाणित गर्छ।

महिला, युवा र उद्यमीको बलियो आवाज

Lahachhap

होटल एसोसिएशन काभ्रेको उपाध्यक्ष, महिला उद्यमी संघ काभ्रेको अध्यक्ष, युवा उद्यमी मञ्च काभ्रेको २०२४ अध्यक्ष, रोटरी क्लब धुलिखेलको २०२४ अध्यक्ष—यी सबै पद केवल जिम्मेवारी होइनन्, नेतृत्व गर्ने क्षमता र विश्वासको प्रमाण हुन्।

साहारा बालगृहको उपाध्यक्ष र नेवा मिसा दबूको केन्द्रीय सदस्यका रूपमा उनले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतारेकी छन्।

नेपालको नाम विश्वमा चिनाउने उम्मेदवार

दक्षिण कोरियामा आयोजित एक्सआर मेटाभर्स सफ्टवेयर प्रतियोगितामा नेपाललाई प्रथम पुरस्कार—यो कुनै नारा होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जित हो।

धुलिखेल तारा, प्रतिभा सम्मान गुठीको उत्कृष्ट महिला उद्यमी सम्मान, सार्क महिला उद्यमी अवार्ड र उद्योग मन्त्रालयबाट काभ्रेको उत्कृष्ट महिला उद्यमी—यी सबै उपलब्धिले उनी काभ्रेको मात्र होइन, राष्ट्रकै गर्व बनेकी छन्।

अमेरिका, अस्ट्रेलिया, भारत, चीन, म्यान्मार, थाइल्याण्ड, दक्षिण कोरिया र टर्कीको अनुभव बोकेकी सैँजु विश्व देखेर काभ्रे बनाउने दृष्टिसहित चुनावमा होमिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments