बागमती प्रदेश सरकार र इजरायली साझेदार संस्थाहरूबीच हुन सक्ने सहकार्यबारे भेटवार्ता

काठमाडौं/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास, उप–मिशन प्रमुख जानान बेबर, तथा किनेरेट एकेडेमी, इजरायलका प्रतिनिधि नरेन्द्र थापासँग औपचारिक भेटवार्ता गर्नुभएको छ।

उक्त भेटमा बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामा (गुरुङ), अरावा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद बजगाईं, तथा रामशरण पौडेलको पनि उपस्थिति रहेको थियो।

Lahachhap

भेटका क्रममा सहभागीहरूबीच कृषि आदान–प्रदान कार्यक्रमलगायत आगामी दिनमा बागमती प्रदेश सरकार र इजरायली साझेदार संस्थाहरूबीच हुन सक्ने सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। छलफलमा कृषि शिक्षा, आधुनिक कृषि प्रविधिको विस्तार, उद्यमशीलता विकास तथा औद्योगिक प्रगतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा विशेष जोड दिइयो।


प्रदेशका मुख्यमन्त्री सहितको उक्त भेटमा आगामी दिनमा बागमती प्रदेशभित्रका जनतालाई आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्ने, सीप विकास गर्ने, तथा यसमार्फत दिगो विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विषयमा साझा समझदारी कायम गरिएको छ। साथै, प्रदेशभित्रका अस्पताल तथा सार्वजनिक संस्थाहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्ने विषयमा पनि सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments