काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका उमेदवार बुवा नारायण हुमागाई र आमा पुष्प माया हुमागाईको कोखवाट काभ्रे जिल्लाको तत्कालीन कलाँती भूमेडाँडा गाबिसमा बि स २०२७ साल मंसिर २८ गते जन्मनु भएका बसुन्धरा हुमागाई सानैदेखि न्यायप्रेमी र परिवर्तनकाररी व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।
२६ बर्षकै उमेरमा गा.बि.स अध्यक्ष हुनु भएका हुमागाई सानै देखि विभिन्न सामाजिक क्रियाकलाप र समानतामुलक समाज निर्माणका अभियन्ता हुनुहुन्छ ।
बागमती प्रदेशका सफल कृषि तथा पशुपन्छी बिकास मन्त्री हुमागाईले केही समय शिक्षण पनि गर्नुभयो ।
स्थानीय बिकास कोषको सदस्य , भुमिडाडा कृषि सहकारीको अध्यक्ष तथा चुनखानि सामुदायिक वनका अध्यक्ष जस्ता विभिन्न सामाजिक संस्थाहरु सञ्चालनका दृष्टिले उहाको कार्यकाल सफल रह्यो । हाल उहाँ काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उमेदवार हुनुहुन्छ ।
प्रदेश मन्त्रीको कार्यकालका उपलब्धिहरु
नेकपा एकीकृत समाजवादीको तर्फबाट बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रीको रुपमा जिम्मेवारी बहन गर्दा १३ महिनाभित्र ८ वटा कार्यविधि रहेकोमा १४ वटा बनाउन हामी सफल हुनु भयो। त्यसैकै आधारमा समग्र बागमती प्रदेशमा कृषि क्षेत्रको विकासका निम्ति ५५ बुँदे मार्गचित्र तयार भएको थियो ।
अध्यादेशमार्फत् कृषि ऐन पोलिसी विकास बोर्ड ल्याउने अन्तिम तयारी हुँदै गर्दा नवनिर्वाचित संसदले उक्त ऐनलाई ओझेलमा पार्यो । त्यसैगरी बागमती प्रदेशभित्र रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाको लागि त्यसको सम्भाव्यता अध्ययन गर्ने प्लानिङ सहितको कार्यक्रम पनि ल्याएका थिए ।

घुम्ती कोषको रुपमा कृषकलाई ऋण दिने कार्यक्रम, उत्पादनको आधारमा अनुदान तथा क्षतिपूर्ति दिने एउटा ऐनमा व्यवस्था गरी कार्यविधि बनाएका थिए भने किसानहरुका लागि कृषि बीमाको व्यवस्था पनि गर्ने प्रयास भएका थिए । दूग्ध उत्पादक किसानहरुका लागि प्रतिलिटर ५ रुपँया मा अनुदान दिने कार्यको सुरुवात समेत गरिएको थियो।
उनको कार्यकालमा जिल्लाभित्र ८-१० वटा दूला सडक र पक्की पुलहरु निर्माण भएका थिए भने केही भौतिक निर्माणका कार्यहरु अन्तिम चरणमा छन् । त्यसैगरी सिंचाइ तथा खानेपानीको क्षेत्रमा पनि धेरै कामहरु भएका छन् । साथै काभ्रेका १३ वटै पालिकाहरूमा डिपिआर तयार भई अरबौं रुपैयाँ बराबरको गुरुयोजना पाइपलाइनमा छन् ।
उत्पादित वस्तुहरुको गुणस्तरीयता र बजारीकरणको कुरालाई विशेष प्राथमिकताका साथ ल्याउन सकियो भने काभ्रेपलाञ्चोकका दश हजारभन्दा बढी युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्न सकिने उनको अवधारणा रहेको छ।
आवश्यकीय सिद्धान्तको आधारमा अगाडि बढ्नुपर्नेमा संघ, प्रदेश र स्थानीय तहका बीचमा जति समन्वय हुनुपर्ने हो त्यति नहुँदा पालिकाहरुमा त्यो ढंगबाट काम भइरहेको छैन । यो नै विकासको ज्वलन्त समस्याको रुपमा देखिएको छ।

काभ्रेपलाञ्चोकको समस्या भनेको समन्वयको अभाव र योजनाबद्ध विकास निर्माणका योजनाहरु अधि बढाउनुपर्छ ।
सबै तहका सरकारले कार्य विभाजन गरेर संघले के काम गर्ने, प्रदेशले के काम गर्ने र स्थानीय सरकारले के काम गर्ने भन्ने कुरा पारदर्शी नहुँदा एउटै योजनाको डुप्लिकेसन पनि नभएको होइन।
त्यसैले जति काम भए त्यसको उचित परिणाम प्राप्त भएको छैन । कामको प्राथमिकताको आधारमा तीनै तहका सरकारले आफ्नो कार्यप्रति संवेदनशील भई एकआपसमा सहकार्य गरी अगाडि बढ्नुपर्छ ।
यसले समन्वयको अभावलाई परिपूर्ति गर्दै राजनीतिक र प्रशासनिक गतिविधि गर्न सहज हुन्छ । राजनीतिक र प्रशासनिक सहकार्यले समग्र जिल्लाको विकासमा योगदान पुग्दछ ।
माथि उल्लेख गरिएको विषयवस्तुहरुलाई विश्लेषण गरेर भन्नुपर्दा जबसम्म हामीले समाजवादी व्यवस्थाको तहसम्म पुग्दैनौं, समाजवादको यात्रा तय गर्दैनौं तबसम्म समाजवादी पार्टीले लिएको विचार र सिद्धान्तले न्याय पाउँदैन। समाजवादी यात्रामार्फत् देशलाई रुपान्तरणको बाटोमा लैजान सकिन्छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ माघ १३ गते