युवाले नै युवाको विचार, भावना, समस्या, आवश्यकता र सवाल बोकेर नेपाली कांग्रेस निर्वाचनमा होमिएको
काभ्रेपलान्चोक / पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी र मुलुक रूपान्तरणको मुद्दा बोकेका नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तान पार्टीको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
युवाले नै युवाको विचार, भावना, समस्या, आवश्यकता र सवाल बोकेर नेपाली कांग्रेस निर्वाचनमा होमिएको भन्दै उनले कांग्रेसका शिक्षित, युवा उम्मेदवारलाई मतदान गरिदिन अनुरोध गरे ।
कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा स्थापित गर्न सफल भएको भन्दै उनले आम युवा, महिला, आदिवासी जनजाती, किसान, मजदुर क्षेत्रका सबाल स्थापित गर्न बदलिएको, सुधारिएको, शसक्त र सुदृढ कांग्रेसले देशको अवस्था बदल्नुका साथै सबल र सम्मुनत बनाउने बताए ।
नेपाली कांग्रेसको तर्फबाट काभ्रे प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नं १ का उम्मेदवार गुणराज मुक्तान शालिन र बौद्धिक नेता मानिन्छन् ।

रोशी गाउँपालिका वार्ड नं १२ स्थित शिखरपुरमा पिता जितबहादुर मुक्तान र आमा हिरामाया काल्तानको सन्तानको रुपमा २०४२ साल माघ ११ गते जन्मिएका मुक्तान नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा सकृय छन् ।
२०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेबिसंघको सदस्य भई राजनीतिक यात्रा आरम्भ गरेका मुक्तान २०६१ मा नेविसंघ काभ्रेपलाञ्चोक क्षेत्र न १ को सभापति भएर २ कार्यकाल नेतृत्व गरेका थिए ।
साबिक भीमखोरी गाउँ इकाईको सभापति भएर काम गरेका उनले १२ औं महाधिबेशन र १३ औं महाधिबेशनमा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को सचिव भइ २ कार्यकाल पुरा गरेका छन् ।
मुक्तान १४ औं महाधिबेशनमा नेपाली कांग्रेस काभ्रेको सचिवका साथै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता प्राप्त गरेका उनि जनमासमा भिजेका र राष्ट्रिय राजनीति बुझेका नेताका रुपमा चिनिन्छन् ।
बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर काम गरेका उनले सरकार सञ्चालन, योजना निर्माणका साथै नीति निर्माणमा योगदान गरेका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्ष रहेका उनी उच्च स्तरीय शिक्षा आयोगको सदस्य समेत भइ सामाजिक एवं शैक्षिक क्षेत्रको नीति, निर्माण तहमा काम गरेका व्यक्ति हुन् ।
सामाजिक क्षेत्रमा क्रियाशील मुक्तान नाङसाल एसोसियसन अध्यक्षको अध्यक्ष भएर खानीखोला, महाभारत, रोशी, नमोबुद्ध क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विपद्पछिको पुनर्निर्माणमा काम गरेका छन् ।
शैक्षिक योजना तथा व्यस्थापनमा विषयमा स्नातकोत्तर, विकास अध्ययनमा एफफिल र बिद्यालय शासन पद्दतिमा बिधावारिधि गर्दै गरेका युवा नेता मुक्तान जिल्लामा शैक्षिक योग्यता पुगेका नेताका रुपमा परिचित छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित