३४८६ उम्मेदवारी दर्ता, पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ / मनोनयन पत्र दर्ता गराएका पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ।

Lahachhap

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४ सय ८७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए।

मनोनयन पत्र दर्ता गराएका उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी-विरोध पेश गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त अवधिमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना तथा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments