प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता

प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मोरङ / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कोशी प्रदेशमा ५०४ जनाको उम्मेदवारी परेको छ । प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमा सो सङ्ख्याको उम्मेदवारी परेको हो । प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जनाको उम्मेदवारी परेको छ । यस्तै पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सुनसरी जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा १०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ मा २५, २ मा २८, ३ मा २२ र ४ मा ३४ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी दुई÷दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ र इलाममा २७ जनाको उम्मेदवारी परेको छ । उदयपुर क्षेत्र नं १ मा १८ र २ मा १३, इलाम क्षेत्र नं १ मा १३ र २ मा १४ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । एक /एक निर्वाचन क्षेत्र रहेका ताप्लेजुङमा १३, पाँचथरमा १५, सङ्खुवासभामा १३, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङ १५ र ओखलढुङ्गामा १६ जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments