निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासा

काठमाडौँ / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन तथा सुरक्षाका लागि अर्थ मन्त्रालयले मंगलबारसम्म १९ अर्ब २१ करोड रुपैयाँ बजेट निकासा गरेको छ।

अर्थ मन्त्रालयका अनुसार २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई उक्त रकम निकासा गरिएको हो।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्ड्येका अनुसार निकासा गरिएको रकममध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ प्रदान गरिएको छ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो। सो अनुमानअनुसार हालसम्म अर्थ मन्त्रालयले सवा १९ अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments