काभ्रेपलाञ्चोक/धुलिखेल अस्पताल र धुलिखेल नगरपालिकाबीच काभ्रेभञ्ज्याङ, धुलिखेलमा अवस्थित नगर अस्पतालको प्रभावकारी सञ्चालन र उपयोगका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार शैक्षिक स्वास्थ्य संस्थाको रूपमा रहेको धुलिखेल अस्पताल र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्दै सामुदायिक स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। यसले उपलब्ध स्रोतसाधनको उचित उपयोग तथा सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

दुवै संस्थाले जनतामैत्री र समुदायकेन्द्रित स्वास्थ्य सेवा प्रवाहमार्फत स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस सहकार्यबाट नगरस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित भई समुदायको समग्र स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास गरिएको छ।
यस प्रकारको सहकार्यले नेपालका अन्य स्थानीय तहहरूका लागि पनि नमूना बन्न सक्ने जनाइएको छ।
साझा प्रयासमार्फत स्वस्थ समुदाय निर्माण गर्दै प्रत्येक घरआँगनसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता यस समझदारीले प्रतिबिम्बित गरेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित