स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा

काठमाडौँ/ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिनुभयो ।

उहाँको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

“आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उहाँले भन्नुभयो ।

डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments