काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।
काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।
उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।
राजिनामा पत्रमा बालेनले भनेका छन्- “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित