प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति सारिने संकेत

काठमाडौं / फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय सार्ने तयारी गरिएको छ । दलहरूले समेत आग्रह गरेपछि निर्वाचन आयोग पनि समय पछि सार्नका लागि सकारात्मक देखिएको स्रोत बताउँछ ।

निर्वाचन आयोगका स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न माग गरेका छन् । दलहरूले माघ १५ देखि मसान्तसम्म समय सार्न आग्रह गरेको बताइएको छ । तर अहिलेसम्म आयोगले भने मिति सार्ने निर्णय गरिसकेको छैन ।

आयोगले दलहरूबाट आग्रह आएपछि यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । नेपाली कांग्रेसमा समेत आधिकारिकताको विवाद चलिरहेको र विवाद अदालतसम्म पुगेकोले आधिकारिकता नपाउने पक्षलाई नयाँ दलको रूपमा दर्ता हुन समय चाहिने तर्क पनि गरिएको छ । सबैजसो प्रमुख दलबाट आग्रह आएमा बढीमा १ हप्तासम्म समय थप्ने बारेका आयोगमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments