एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईको उद्यमशीलता: हिमालयन जाभाको नयाँ आउटलेटले नेपाली ब्रान्डलाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले काठमाडौँको लैनचौरमा हिमालयन जाभाको नयाँ आउटलेट सञ्चालनमा ल्याएकी छन् । करिब ५ करोड रुपैयाँ लगानीमा स्थापना गरिएको यस आउटलेट सञ्चालनमा आएसँगै हिमालयन जाभाका कुल आउटलेट सङ्ख्या ८१ पुगेको छ ।

उद्घाटन समारोहमा राईले हिमालयन जाभा नेपाली कफी संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सफल ब्रान्ड भएको उल्लेख गर्दै आगामी दिनमा यसको शाखा नेपालभित्र मात्र नभई विदेशमा पनि विस्तार गर्ने लक्ष्य रहेको बताइन् । उनले यसमा स्वदेशी लगानी, नेपाली कफी र आधुनिक उद्यमशीलताको संयोजन नै यसको मुख्य विशेषता भएको प्रष्ट पारिन्।

रोजिना प्रधान राईको दुई दशक लामो कफी यात्रा प्रेरणादायी छ। हिमालयन जाभाको सुरुआत ठमेलको त्रिदेवी मार्गबाट दुई दशकअघि नेपाली कफीलाई आधुनिक क्याफे संस्कृतिसँग जोड्ने उद्देश्यका साथ भएको थियो। आज यो ब्रान्डले केवल स्वदेशका प्रमुख सहरहरूमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली कफीको पहिचान स्थापित गरेको छ।

Lahachhap

हिमालयन जाभामा उपलब्ध कफीका विकल्पहरूमा एस्प्रेसो, अमेरिकानो, क्यापुचिनो, क्याफे लाटे, मोक्का, कोल्ड ब्रु र सिङ्गल ओरिजिन नेपाली कफी समावेश छन्। यी सबै कफी नेपाली पहाडी क्षेत्रका अर्गानिक कफी दानाबाट तयार गरिएका हुँदा स्वाद र सुगन्धमा विशिष्ट मानिन्छन्।

राईले व्यवसायिक लगानी मार्फत स्थानीय रोजगार सिर्जना, स्वदेशी उत्पादन प्रवर्धन र नेपाली ब्रान्डको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउने उद्देश्य लिएकी छिन्। उनका प्रयासले युवालाई उद्यमशीलता, लगनशीलता र आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।

उद्यमशीलता, परिश्रम र नेपाली पहिचानको संयोजनमार्फत रोजिना प्रधान राईले युवालाई स्पष्ट सन्देश दिइन्: “सपना देख्नुहोस्, लगानी गर्नुहोस् र निरन्तर काम गर्दा मात्र सफलता प्राप्त हुन्छ। नेपाली ब्रान्डलाई विश्वसामु पुर्‍याउन तपाईं पनि सक्षम हुनुहुन्छ।”

हिमालयन जाभाको नयाँ आउटलेट लैनचौर क्षेत्रमा क्याफे संस्कृतिलाई थप सशक्त बनाउनेछ भने यसले नेपाली युवालाई उद्यमशीलताको प्रेरणा र अवसरको ढोका पनि खोल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments