काभ्रेपलाञ्चोक/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले काभ्रेपलाञ्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
पार्टी स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा दिनानाथ गौतम उम्मेदवार बनेका छन्। गौतम चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष हुन्।
यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व प्रदेशमन्त्री तथा नेकपा नेता बसुन्धरा हुमागाईंलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। माओवादीसँग समाहित हुनु अघि उनी नेकपा एकीकृतका जिल्ला अध्यक्ष थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित