एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ /नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न सचिवालय बैठक बस्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए ।

एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरी पठाएका नाममध्येबाट अन्तिम नामावली तयार पार्दैछ । यसअघि एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments