काठमाडौँ/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।
बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि उहाँले शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्नुभएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित