काठमाडौँ / नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।
निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौँ । काँग्रेस पार्टी भृकुटी मण्डपमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’
उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिँदैन ।’
सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ माघ २ गते