टेलिकम बनेपा र पनौती नगरपालिकाबीच एफटीटीएच सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काभ्रेपालञ्चोक / पनौती नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, अस्पताल, शहरी स्वास्थ्य केन्द्र तथा नगरभित्रका सबै विद्यालयमा नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) कर्पोरेट सेवा प्रयोग गर्ने विषयमा नेपाल टेलिकम बनेपा र पनौती नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

Lahachhap

समझदारीपत्रमा पनौती नगरपालिकाका तर्फबाट नगर प्रमुख रामशरण भण्डारी र नेपाल टेलिकम बनेपाका प्रमुख ई. जगदीश लेखकबीच हस्ताक्षर भएको हो।

उक्त सम्झौतापछि नगरपालिकाअन्तर्गतका कार्यालय तथा शैक्षिक–स्वास्थ्य संस्थामा उच्च गतिको, भरपर्दो र सुरक्षित इन्टरनेट तथा सञ्चार सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

नगर प्रमुख भण्डारीले डिजिटल सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा शैक्षिक र स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोगका लागि यो सम्झौता महत्वपूर्ण हुने बताए।

पनौती नगरपालिकाको आ.ब.२०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत पनौती नगरपालिका सहित १२ वटै वडा कार्यालय, सबै स्वास्थ्य संस्था र सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट सेवा प्रदान गर्न जिटुजी सेवा अनुसार नेपाल टेलिकमसंग समझदारीपत्रमा हस्तान्तरण भएको भण्डारीको भनाई छ ।

नेपाल टेलिकम बनेपाका प्रमुख लेखकले पनि पनौती नगरपालिकाका सरकारी तथा सार्वजनिक संस्थालाई गुणस्तरीय कर्पोरेट इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सम्झौतासँगै पनौती नगरपालिकामा डिजिटल पूर्वाधार सुदृढ भई सेवा प्रवाह छरितो, प्रभावकारी र प्रविधिमैत्री हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments