काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको आज बसेको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।
ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय समितिको बैठकबाट शेरबहादुर देउवाको ठाउँमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर राख्नेलगायन निर्णय भएको छ ।
बैठकबाट सभापति थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्। साथै, उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित