कांग्रेस विशेष महाधिवेशन

गगन-विश्वको पत्र निर्वाचन आयोगमा-काँग्रेसको आधिकारिकता दाबी

काठमाडौँ / विशेष महाधिवेशन पक्षधर आधिकारिक काँग्रेस भएको दाबी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा पत्र पठाएका छन्।

थापा र शर्माले बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको दाबी गर्दै विशेष महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व नै आधिकारिक हुने भन्दै आयोगमा पत्र पठाएका हुन्।

पत्रमा यसअघिको कार्यसमिति भंग भइसकेको पनि दाबी गरिएको छ। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री द्वयलाई निष्कासन गरिसकेको छ। निष्कासन पछि सभापति देउवाले निर्वाचन आयोगमा पत्र पठाइसकेका छन्।

यता भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा समिति चयनको प्रक्रिया अगाडि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments