इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित

काठमाडौँ/ शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ।

गए राति सम्पन्न निर्वाचनमा संस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएका छन्।

यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी विजयी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन्।

सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन्।

निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए।

Lahachhap

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को महासचिव पदमा भवनाथ हुमागाईं निर्वाचित हुनुभएको छ।

हालै सम्पन्न इक्यानको निर्वाचनबाट हुमागाईं महासचिवमा विजयी हुनुभएको हो।

शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरण, संस्थागत विकास तथा विद्यार्थी हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा हुमागाईंप्रति गरिएको छ।

उहाँको कार्यकालले इक्यानलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी संस्था बनाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments