काठमाडाैं/ विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ।
विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्।
समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।
संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन्।
भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित