काभ्रेमा ड्युटीमा खटिएका प्रहरी हवल्दारको लडेर मृत्यु

काभ्रेपलाञ्चोक / काभ्रेको खानिखोला गाउँपालिका–२, खानिडाँडामा ड्युटीका क्रममा लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ।

जिल्ला प्रहरी चौकी श्यामपाटी काभ्रेमा सञ्चार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटारमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्काको मिति २०८२ साल पुस २८ गते मृत्यु भएको हो। दोलखा जिल्लाको शैलुङ गाउँपालिका–५, काटाकुटी स्थायी घर भएका खड्का सूचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रवाहका लागि खानिखोला क्षेत्रमा खटिएका थिए।

प्रहरीका अनुसार सोही दिन दिउँसो करिब ३ः३० बजे गोरेटो बाटो हुँदै हिँड्ने क्रममा उनी करिब २५ मिटर तल सडकमा लडेर मृत अवस्थामा फेला परेका हुन्। स्थानीयले देखेपछि प्रहरी चौकी फलामेटारमा खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट प्रहरी जवान मुरारी झाको टोली र प्रहरी चौकी तालढुंगा काभ्रेबाट प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउतको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराइएको थियो।

घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार काभ्रेबाट प्रहरी निरीक्षक मनराज बानियाको कमाण्डमा पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय काभ्रेबाबाट एसओसीओ सहितको टोली खटिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक खड्का यही पुस ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments