कांग्रेस विशेष महाधिवेशन

देउवा नेतृत्वको वर्तमान केन्द्रीय समिति विघटन हुने, नयाँ चयनका लागि निर्वाचन [कार्यविधिसहित]

काठमाडौं/ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने भएको छ ।

भृकुटीमण्डपमा सोमबार शुरू भएको बन्दशत्रको शुरूआतमा पारित भएको कार्यविधिमा सो विषय उल्लेख छ ।

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखि २८)बाट निर्वाचित मौजुदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने,’ बुँदा नम्बर ५ (घ) मा भनिएको छ ।

कार्यविधिमा नयाँ केन्द्रीय समिति निर्वाचनको विषय समेत समावेश छ ।

हेर्नुहोस्, थप प्रस्ताव:

– नेपाली कांग्रेसको चौधौं महाधिवेशनपश्चात नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेतको विघटन ।

– विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक (१) जना संयोजकसहित पाँच (५) सदस्यीय निर्वाचन समिति गठन ।

– विशेष केन्द्रीय महाधिवेशनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजकसहित ५ सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन ।

– केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्य सम्पादन समितिले गरेका निर्णयहरूको पुनरवलोकन, सुधार र आवश्यक देखिएमा उक्त समितिका निर्णयहरू निष्क्रिय तथा खारेजी ।

– मिति २०८२ पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाधिवेशन वैधानिक रहेको भनी अनुमोदन ।

कार्यविधिको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino