कांग्रेस विशेष महाधिवेशन

पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी महामन्त्री विश्वप्रकाशको प्रस्ताव पेस 

जसमा ३० वर्ष मुनिका २० प्रतिशत र ३० देखि ४० वर्ष उमेर समूहका २० प्रतिशत युवा समेटिनेछन् । यसले ‘जेनजी’ पुस्ताको आक्रोश र वितृष्णालाई सम्बोधन गर्दै पार्टीमा नयाँ रक्तसञ्चार गर्ने विश्वास लिइएको छ ।

काठमाडौँ / नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी आफ्नो प्रस्ताव पेस गरेका छन् । सोमबार ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् ।

विशेष महाधिवेशनको बन्द सत्रमा पेस गरिएको उक्त प्रतिवेदनमा सबैभन्दा पेचिलो र दूरगामी महत्त्वको प्रस्तावका रूपमा प्रधानमन्त्रीको कार्यकाल निर्धारणलाई अघि सारिएको छ । महामन्त्री शर्माले भविष्यमा कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव गरेका छन् । 

यसैगरी राजनीतिक स्थिरता र दलीय स्वाभिमानको रक्षाका लागि शर्माले निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् । विगतमा भएका गठबन्धनले पार्टीको मौलिकता गुमेको र मतदाताको विवेकमा प्रहार भएको निष्कर्ष निकाल्दै उनले अबका कुनै पनि निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने उद्घोष गरेका छन् । महासमिति बैठकको भावनालाई आत्मसात् गर्दै उनले यसलाई विशेष महाधिवेशनबाटै अनुमोदन गराउने प्रस्ताव गरेका हुन् ।

पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला महामन्त्री शर्माले विधानमै युवा सहभागिताको ग्यारेन्टी गर्ने प्रस्ताव अघि सारेका छन् । अब बन्ने पार्टीका हरेक तहका कार्यसमितिमा ४० वर्ष मुनिका युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने उनको प्रस्ताव छ ।

जसमा ३० वर्ष मुनिका २० प्रतिशत र ३० देखि ४० वर्ष उमेर समूहका २० प्रतिशत युवा समेटिनेछन् । यसले ‘जेनजी’ पुस्ताको आक्रोश र वितृष्णालाई सम्बोधन गर्दै पार्टीमा नयाँ रक्तसञ्चार गर्ने विश्वास लिइएको छ ।

सुशासनको पक्षमा महामन्त्री शर्माले निर्मम प्रस्तावहरू ल्याएका छन् । राज्यका संवैधानिक निकाय, विश्वविद्यालय र राजदूत नियुक्तिमा हुँदै आएको राजनीतिक भागबन्डा (भागशान्ति) अन्त्य गर्ने संकल्प प्रतिवेदनमा छ । विकास निर्माण र अर्थतन्त्रका सन्दर्भमा पनि प्रतिवेदनले नयाँ दृष्टिकोण अघि सारेको छ ।

प्रतिफल नदिने भ्युटावर जस्ता ‘सोकेस परियोजना’ मा बजेट खन्याउने प्रवृत्ति रोक्ने र हचुवाका भरमा नभई तथ्य र प्रमाणमा आधारित बजेट प्रणाली लागू गर्ने नीति लिइएको छ । लामो समयदेखि अल्झिएको बुढीगण्डकी जलविद्युत आयोजनालाई सरकार, विदेशमा रहेका नेपाली र निजी क्षेत्रको लगानीमा अघि बढाउने प्रस्ताव पनि शर्माले गरेका छन् ।


महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमा विगतमा कांग्रेस नेतृत्व वा सरकारमा रहँदा भएका १८ वटा प्रमुख गल्तीहरू स्वीकार गर्दै आत्मालोचना गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino