काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र आज हुँदै छ।बन्द सत्र बिहान १० बजेदेखि शुरु हुनेछ ।
यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो
आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको बताइएको छ।
कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत प्रतिनिधि महाधिवेशनमा सहभागी भएको महाधिवेशन पक्षधरको दाबी छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित