प्रदेश प्रमुख कर्णले स्व सिंह मधेसको सामाजिक, राजनीतिक तथा महिला अधिकारका सवालमा निर्भिक रूपमा कलम चलाउने साहसी पत्रकार भएको स्मरण गर्नुभयो ।
काठमाडौँ /मधेस प्रदेश प्रमुख प्राडा सुरेन्द्रलाभ कर्णले मधेस प्रदेशमा निर्भिक, निडर र प्रतिबद्ध पत्रकारिताको क्षेत्रमा स्वर्गीय उमा सिंहले बालेको मसाल कहिल्यै निभ्न दिन नहुने बताउनुभएको छ ।
मधेसी पत्रकार समाज नेपालद्वारा आज काठमाडौँमा आयोजित सहिद पत्रकार सिंहको १७औँ स्मृति दिवस तथा उमा सिंह पत्रकारिता सम्मान कार्यक्रम–२०८२ मा उहाँले स्व सिंहले मधेसमा सुरु गर्नुभएको सत्य, न्याय र समानताका लागि सङ्घर्षरत पत्रकारिताको परम्परा अझ सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश प्रमुख कर्णले स्व सिंह मधेसको सामाजिक, राजनीतिक तथा महिला अधिकारका सवालमा निर्भिक रूपमा कलम चलाउने साहसी पत्रकार भएको स्मरण गर्नुभयो । “उमा सिंह केवल एक पत्रकार मात्र होइन, उहाँ मधेसको आवाज हुनुहुन्थ्यो । मधेसमा महिला पत्रकारिताको जग बसाल्न स्व सिंहले खेलेको भूमिका ऐतिहासिक छन् र ती कदम आज पनि प्रेरणाको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “सिंहले उठाएका मुद्दा र देखाएको साहसले मधेसमा महिला पत्रकारहरूलाई अघि बढ्न मार्ग प्रशस्त ग¥यो, उहाँले पत्रकारिताको क्षेत्रमा बालेको मसाल अझै निभेको छैन र यो मसाल निभ्न दिनुहुँदैन ।”
कार्यक्रममा मधेसी पत्रकार समाज नेपालका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा स्व उमा सिंहका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्व सिंहको २०६५ साल पुस २७ गते आफ्नो कर्तव्य निर्वाहकै क्रममा हत्या गरिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित