कांग्रेसका सुनिलबहादुर थापा राष्ट्रियसभा निर्वाचनमा निर्विरोध निर्वाचित

बिराटनगर/माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रूपमा घोषणा गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अब अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस भीष्मराज प्रसाईँले तोकिएको समयमा अन्यतर्फ एकजनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुई-दुईजनाको उम्मेदवारी परेको जानकारी दिए ।

महिलातर्फ एमालेबाट रोशनी मेचे र नेपाली कम्युनिष्ट पार्टीका नमिता न्यौपाने, दलिततर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।

कोशी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ गरी ३६६ जना मतदाता रहेका छन् । एकजना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino