कांग्रेस विशेष महाधिवेशन

नीति र नेतृत्व परिवर्तनका लागि बिशेष महाधिवेशन: तिर्थ लामा

जेनजी पुस्ताको चाहना र माग अनुसार पार्टीलाई रुपान्तरण गर्दै मुलुकलाइ सहि दिशामा डोर्याउन युवा नेतृत्वसहितको नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकाले भरोसायोग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिनु पर्ने लामाले बताए।

काठमाडौँ / नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै जिल्ला सभापति लामाले पार्टी विधान पनि परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

जेनजी पुस्ताको चाहना र माग अनुसार पार्टीलाई रुपान्तरण गर्दै मुलुकलाइ सहि दिशामा डोर्याउन युवा नेतृत्वसहितको नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकाले भरोसायोग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिनु पर्ने लामाले बताए।

‘विशेष महाधिवेशनले पार्टी विधान परिमार्जन गरेर समय सापेक्ष बनाउनेछ,’ उनले भने, ‘नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय पनि गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments