कांग्रेसको विशेष महाधिवेशन

‘अब कांग्रेसलाई बदल्नेछौँ’– विश्वप्रकाश शर्मा

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशलाई समुन्नतिको उचाइमा लिएर जान कांग्रेसलाई बदल्न सक्ने अठोट रहेको उद्घोष गरेका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेपाली कांग्रेस अब पुरानै ढङ्गबाट अघि बढ्न नसक्ने बताएका हुन् । समय अनुकूल कांग्रेसलाई परिवर्तन गर्नका लागि विशेष महाधिवेशनको मैदानमा उभिएको उनको भनाई छ ।

शर्माले भने– ‘देशको समयलाई कुनैबेलामा कांग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समयानुकूल कांग्रेसले आफूलाई बदल्नु छ त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौं ।

उनले देशलाई सुशासनमा लैजाने सङ्कल्प गर्नुपर्ने भन्दैआत्मालोचनासहित काँग्रेसलाई बदलेर जाने अठोट गरेका छन् । शर्माले भने, ‘हामी नयाँ ढंगले जाने मनोविज्ञान र मोडमा छौँ। त्यसैले केही नवीन सङ्कल्प गरौँ। असन्तुष्टि र निराशासँग जुधिरहेको देशलाई नवीन आशामा लिएर जान्छौँ।’

महामन्त्री शर्माले विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने पनि बताए । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई टुक्र्याउने प्रयास नभई सिङ्गो पार्टीको नेतृत्व गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments