कांग्रेसको विशेष महाधिवेशन

कांग्रेस जिउँदो मानिसको पार्टी हो, अब कार्यकर्तालाई हेप्ने दिन सकिएः गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक कोही दास नहुने बताएका छन्।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने बताएका हुन्।थापाले कांग्रेस जिउँदो मानिसको पार्टी भएको भन्दै उनले नबोल भन्न कोही बा नभएको टिप्पणी गरे । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्,’ थापाले भने।

हलले गर्ने निर्णय स्वीकार्ने

आजदेखि कांग्रेसको पुरानो पद्धति भत्किएको उनले घोषणा गरे। ‘आजबाट भत्कियो, अब कसैले पार्टीको सदस्यलाई हेप्न सक्दैन,’ थापाले भने, ‘अब तल बसेको सदस्यलाई माथि बसेकाले निहुरिएर नमस्ते गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ।’

उनले विशेष महाधिवेशनको हलले गर्ने निर्णय आफूले स्वीकार्ने बताएका छन्। विशेष महाधिवेशन कहाँ गएर टुङ्गिन्छ भन्ने अहिले भन्न नसक्ने बताए । उनले भने, ‘तपाईंहरूले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ । त्यसमा केही पनि आपत्ति छैन । जति गर्नुभएको छ मेरो लागि ठूलो छ।’

कांग्रेस भित्र झगडा नभएको दाबी

महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको उनको भनाई छ ।

साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको बताए । थापाले भने, ‘यो विचार, मूल्य र मान्यताको सङ्घर्ष हो । हामी यो विशेष महाधिवेशनलाई नाम मात्रै विशेष होइन विशेष बनाएर छाड्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino