पार्टी सभापतिलाई बन्द सत्रलाई सम्बोधन गर्न नेताहरुको आग्रह

काठमाडौँ/नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापतिलाई आग्रह गर्नुभयो ।

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताउनुभयो । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उहाँको धारणा छ ।

नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ हाम्रा पाइला उन्मुख हुनुपर्ने बताउनुभयो ।

अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रुपान्तरणसँग सरोकार रहेको बताउनुभयो ।

नेता केदार कार्कीले लोकतन्त्रको फाइदा नेतृत्व वर्गले मात्रै पाएँ जनताको आवाज सुनेनन् भनेर जेनजी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताले सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो ।

‘आज नेपाली काँग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ । हामीले समयमा नियमित महाधिवेशन गर्न सकेनौँ । विशेष महाधिवेशन दर्ता भएको तीन महिनाभित्र नियमित गर्न सकेको भए विशेष रद्द हुनसक्छ । नियमित गराउन नेतृत्वले ध्यान दिएन । विशेष महाधिवेशन आफैँ निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको हुनाले आज हामीले विशेष गरिरहेका छौँ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ।

साथै, उनले पार्टी फुटाउन लागेको भनेर आरोप लगाउन नमिल्ने पनि बताए ।

‘महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा उहाँहरूलाई अपमान गरेर काँग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments