कांग्रेसको विशेष महाधिवेशन

बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

विशेष महाधिवेशन सचिवालयका अनुसार सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने छ।

उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ। उद्घाटन सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने क्रम जारी रहेको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म २ हजार १ सय ८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी रहेकोमा उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको सचिवालय सदस्य युवराज पाण्डेले जानकारी दिएका छन्। हस्ताक्षरको क्रम जारी नै रहेको छ।

कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments